- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चितवनको माडीस्थित अयोध्यापुरीमा प्राण प्रतिष्ठा गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका प्रतिमा त्यसतर्फ पठाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको समारोह बीच प्रधानमन्त्री ओलीले प्रतिमाहरु चितवन पठाएका हुन् । ती प्रतिमालाई एक भब्य रथयात्रा सहित चितवन लैजाने कार्यक्रम छ ।
रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा बेग्लाबेग्लै रथमा राखेर लावालस्कर सहित चितवन पठाइएको हो । प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमा सहितको रथयात्रालाई विदाई गरिन् ।
सो रथयात्राको आयोजना संस्कृति तथा पर्यटन मन्त्रालयले गरेको हो । प्रतिमा लिएर गएको रथयात्रा मंगलबार चितअयोध्यापुरीमा रथयात्राको भव्य स्वागत गर्ने तयारी गरिएको छ ।