- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।