arrow

ओलीले स्पष्टीकरण सोधेलगत्तै नेपाल पक्षका सांसदहरु छलफलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
madhav-kumar-nepal_1617970427.jpg

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही स्वरुप स्पष्टीकरण मागेपछि नेता माधवकुमार नेपाल पक्षका सांसदहरु छलफलमा जुटेका छन् ।

मंगलबार ओलीले नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणपछि नेपाल पक्षका सांसदहरु वानेश्वरस्थित एक होटलमा छलफलमा जुटेको बताइएको छ ।

ओलीले मंगलबार संघीय संसद्का २७ सांसदलाई पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरणपत्र पठाएका हुन् ।

पत्रमा केही सांसदहरुलाई दुई र केहीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ