arrow

२४ घण्टामा थपिए करिब १७ सय सङ्क्रमित, तीन जनाको मृत्यु

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ३ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५१ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगको छ ।

पछिल्लो २४ घण्टामा थपिएका गरी देशभर ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने, १ सय ६० जनाको आईसीयुमा उपचार भइरहेको छ । काठमाडौं उपत्यकामा मात्रै २८ जना भेन्टिलेटर र ५६ जना आईसीयुमा छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको छ भने, ६ सय ८३ जनाको एन्टीजीन परीक्षण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ