- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने आंकलन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने प्रक्षेपण गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा संक्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने बताए ।
लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार संक्रमित थपिन सक्ने बताए । असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने पनि उनले जनाए ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले लागू गरेका मापदण्ड पालना गरेमा ठूलो चुनौती रोक्न सकिने र लकडाउनको अवस्था टार्न सकिने औंल्याए ।
संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको उनले जानकारी दिए ।