arrow

शुक्रबारसम्म नै मौसममा गडबडी, देशैभर वर्षा, काठमाडौंमा घट्यो तापक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । यही प्रभावले तीन दिन देशको मौसममा गडबडी हुने मौसमविद् समीर श्रेष्ठले बताएका छन् । 

श्रेष्ठका अनुसार शुक्रबारसम्म देशभर वर्षा हुन सक्नेछ । बुधबार बिहान सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली रहेको छ । श्रेष्ठका अनुसार वर्षा पनि भएको छ । 

अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली बदली रहेको छ ।

मध्यान्हपछि भने बागमती र प्रदेश २ मा वर्षा हुनेछ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावनासमेत रहेको छ ।

काठमाडौंमा घट्यो तापक्रम
मौसममा बदली भएसँगै काठमाडौं उपत्यकाको तापक्रम ह्वात्तै घटेको छ । बिहानको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको थियो । 

दिनभर नै घाम लाग्ने सम्भावना कम भएकाले अधिकतम तापक्रम २७ डिग्री सेल्सियसभन्दा बढी नहुने उनले मौसमविद् श्रेष्ठले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ