arrow

दार्चुलामा मास्कको प्रयोग अनिवार्य, नलगाए कारबाही गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
mask-medical.jpg

दार्चुला। कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तर्गत मास्कको प्रयोग अनिवार्य गरिएको छ । बुधवार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्ने गराउने निर्णय गरेको छ । 

यदि स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको पाइएमा सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही हुने जनाइएको छ । बैठकले जनस्वास्थ्य मापदण्ड पालना गर्ने, कार्यालय, पसल र सार्वजनिक स्थलहरूमा स्यानिटाइजर वा हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्ने गराउने, मास्क नलगाई हिँडेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । 

बिहीबारदेखि लागु हुने गरी कारबाही तथा अनुगमन तीव्र पारिने जनाइएको छ । यस्तै सार्वजनिक यातायातमा पनि मास्क अनिवार्य गरिएको छ । कोरोनाको जोखिमलाई ध्यानमा राखेर सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने, भौतिक दुरी व्यवस्थित गर्ने र क्षमता भन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाकाहरूबाट नेपाल भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने पनि निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ