arrow

देशभर थपिए २३ सय ५१ कोरोना सङ्क्रमित, काठमाडौं उपत्यकामा मात्रै एक हजार ५१ जना

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा सङ्कलित ८ हजार ८ सय ८४ नमुनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार २ सय २० र ८ सय ३ जनाको एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका भएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ