arrow

कोरोनाबाट पूर्वमन्त्री वालिया र सीताराम येचुरीका छोराको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
ak-waliya-congress-leader-i.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमित भारतीय पूर्व मन्त्री एवं दिल्ली कांग्रेसका वरिष्ठ नेता अशोककुमार वालिया (एके वालिया) को मृत्यु भएको छ । 

७२ वर्षको उमेरमा उनको दिल्लीको अपोलो हस्पिटलमा बुधबार राति मृत्यु भएको हो । उनको राति १ः३० बजे मृत्यु भएको जनाइएको छ । 

त्यस्तै सीपीआई (माक्र्सवादी) नेता सीताराम यचुरीका छोरा आशिषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी मात्र ३० वर्षका थिए । 

येचुरीले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्र्दै छोराको मृत्यु भएको जनाएका हुन् । उनले लेखेका छन्, ‘मैले ठूलो छोरा आशिष येचुरीलाई आज बिहानै कोभिडका कारण गुमाएँ । मैले ती सबैलाई धन्यवाद दिन चाहन्छु जसले आशा दिए र जसले उनको उपचार गरे ।’

भारतमा कोरोनाको महामारी तीव्र भएसँगै मृतक पनि थपिँदै गएका छन् । 

भारतमा एकैदिन तीन लाख १६ हजार संक्रमित र २१ सय मृतक थपिए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ