- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । कोरोना महामारीले बिकराल रुप लिएपछि नेपालगन्जमा बिहीबारदेखि लकडाउन गरिएको छ। लकडाउनपछि नेपालगन्ज बजार पूर्ण रुपमा बन्द भएको छ। अति आवश्यक व्यवसाय बाहेक अरु खुलेका छैनन् ।
सडकमा अति आवश्यक कामका ब्यक्तिहरु मात्रै हिंडेको देख्न सकिन्छ। नेपालगन्जका सबै स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरुले अनावश्यक रुपमा फाट्टफुट्ट हिंडेकालाई सम्झाईबुझाई फर्काइरहेको प्रहरीले जानकारी दिएको छ ।
कोरोना तीव्र रुपमा फैलिएपछि स्थानीयहरु पनि सचेत बनेर आ–आफ्नो घरमा बसिरहेका छन् । नेपालगन्जमा फार्मेसी भने खुलेका छन् । प्रहरीले नेपालगन्जका विभिन्न स्थानमा गएर अनावश्यक रुपमा खुलाइएका पसलहरु भने बन्द गराएको छ।
त्यस्तै भारतबाट आएर जमुनहा नाकामा आएका नेपालीहरुलाई भने नेपालगन्ज उपमहानगरपालिकाका बस गएर ल्याउने कार्य जारी छ । पहिले नै तोकिएका परीक्षा भने सन्चालन भइरहेको छ।
लकडाउन एक सातासम्म हुनेछ ।