arrow
ADVERTISEMENT

ओली-नेपाल भेटले ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं’ आशा पलाएको छ: गोकर्ण विष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
gokarna-bista.jpg

काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको भेटलाई ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं’ कार्यकर्ताहरूमा आशा पलाएको संकेत गरेका छन् ।

विहीबार विहान नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सामाजिक संजालमार्फत शुभकामना ब्यक्त गर्दै उनले हजारौं योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गर्नुपर्ने पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘विलियम शेक्सपियरले भनेजस्तै ‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।’ जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ । हेक्का राखौं समय र समुद्रको छालले कसैलाई पर्खंदैन ।’

अध्यक्ष ओलीले माधव नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेको विषयमा असहमति जनाउँदै विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान नहुने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ