arrow

ट्रङ्क लाइन समस्यामा रुपन्देहीका उद्योगी

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
rupandehi-trunk-line.jpg

रुपन्देही । ट्रङ्क लाइन बिलिङ समस्या रुपन्देहीका उद्योगीहरूको दीर्घ रोग जस्तै बन्न पुगेको छ । जुन समस्याले यहाँका उद्योगीहरूको ढाड सेक्न पुगेको उद्योगीहरूको गुनासो रहेको छ ।

विगत करिब १ वर्ष ५ महिना देखि उक्त समस्या झेल्न बाध्य भएका रुपन्देहीका उद्योगीहरूले पटक-पटक सम्बन्धित निकायमा जानकारी गराउँदा समेत अझै सम्म मुक्ति पाउन सकेका छैनन् ।

रुपन्देहीको बुटवल-भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूलाई नेपाल विद्युत् प्राधिकरणले मनोमानी रूपमा ट्रङ्क लाइन बिलिङ सुरु गरेको उद्योगीहरूको गुनासो छ । तर, यता रुपन्देही उद्योग सङ्घले कुनै पनि जानकारी नदिई प्राधिकरणले आफ्नै कारणले भार व्यवस्थापन गर्ने भन्दै, ट्रङ्क लाइन बिलिङको समस्या उद्योगीहरूको टाउको हालिदिएको उद्योगीहरूको भनाई छ ।

जस अनुसार, प्राधिकरणले कुनै उद्योगहरूमा ४ वर्ष र कुनैमा २ वर्षपछि लाखौँ रुपैयाँ रकम असुल्न पत्राचार गरेपछि उद्योगीहरू थप समस्यामा परेको बताउँछन् । जुन, कार्यले रुपन्देहीको औद्योगिक क्षेत्रको अवस्था गम्भीर बन्ने भन्दै, रुपन्देही उद्योग सङ्घले यस विषयमा सम्बन्धित निकायहरूमा धाए पनि विडम्बना, कुनै प्रगति हुन नसकेको सङ्घका अध्यक्ष बाबुराम वोहोराले बताए ।

प्राधिकरणले २०७२ साल देखिको बक्यौता बुझाउन ताकेता गरेपछि उद्योगीहरू अन्यायमा परेको सङ्घको दाबी छ ।
सङ्घका अध्यक्ष बोहराले भने, अहिले सम्म समस्या समाधान गर्नका लागि अर्थमन्त्री विष्णु पौडेल, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री टोप बहादुर रायमाझी, सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, विद्युत् नियमन आयोगका प्रवक्ता राम प्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका उप-कार्यकारी निर्देशक हरराज न्यौपाने, डेडिकेटेड फिडर र ट्रङ्क लाइन बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उप-समितिका संयोजक मिनेन्द्र रिजाल लगायत सँग भेट गरी सो बारे जानकारी गराएको बताए ।

अध्यक्ष बोहराले भने, लामो समय देखि साधारण लाइन जडान गरी उद्योग सञ्चालन गर्दै, महसुल बुझाउनुका साथै रिबेट सुविधा समेत लिँदै आएका उद्योगीहरूलाई छापामार शैलीमा बक्यौता रकम बुझाउन पत्राचार गरिनुले उद्योगीहरू थप समस्या परेको उल्लेख गरे ।

सो सम्बन्धमा निकास निकाल्न सकारात्मक आश्वासन ,विषय प्रति गम्भीरता पूर्वक ध्यानाकर्षण र स्पष्टताका लागि १ वर्ष ५ महिना देखि सम्बन्धित निकायलाई गुनासो गर्दा मुक्ति पाउन नसकेको दुखेसो पोखे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ