- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो समयमा भयावह रूप लिँदै गएको कोरोना महामारी नियन्त्रणका लागी आवश्यक तयारी गर्न सरोकार बला निकायहरूलाई निर्देशन दिएका छन् । शुक्रवार प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायहरूलाई आ-आफ्नो क्षेत्रको तैयारीमा कुनै कमी नराख्न निर्देशन दिए।
बैठकले आठ वटै जिल्लामा रहेको पिसिआर ल्याबका लागी आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तैयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले गर्ने, जिल्लाहरूमा आवश्यक जनशक्ति तथा सामग्रीहरूको विवरण आन्तरिक मन्त्रालयले जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिहरू बाट सङ्कलन गर्ने, प्रादेशिक अस्पताल स्थित नर्सिङ कलेजलाई पुनः कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
बैठकले महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरूका प्रमुख रहने गरी संयोजन कमिटी गठन गरेको छ । आपूर्ति महाशाखाका प्रमुख डाक्टर प्रमोद कुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने प्राविधिक समिति समेत गठन गरेको हो ।