arrow

कोरोनाले विश्वभरका नेपालीमा मानसिक स्वास्थ्य समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
corona_vairous.jpg

काठमाडौं । कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकहरुले बताएका छन् । 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटासहितको पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुएल माध्यमबाट सहभागी चिकित्सकहरुले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए ।

महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए । मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालिम सञ्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिए ।

त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा कार्यरत नेपाली चिकित्सकहरु सहभागी छन् ।

विदेशमा रहेका नेपालीहरुको अवस्थाको तथ्यांक संकलनमा यूरोप संयोजक डा. बोधराज सुवेदी, यूकेबाट डा. दिलिप यादव, कतारबाट डा.नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा.सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामा, लगायतको टोलीले तथ्यांक संकलन गर्न सहयोग गरिरहेका छन् ।  



नयाँ