arrow

कोरोना महामारी:  २४ घण्टामा २८ जनाको मृत्यु, ३ हजार भन्दा बढी सङ्क्रमित थपिए

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १२ आइतबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३२ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित सङ्ख्या ३ लाख १ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड१९ को सङ्क्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै मृतक सङ्ख्या ३ हजार १ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।

 काठमाडौँ उपत्यकामा मात्रै १ हजार १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । भक्तपुरमा ९६ र ललितपुरमा २ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ३ सय ५३ जनामा सङ्क्रमण पुष्ट भएको छ ।

सङ्क्रमितमध्ये २ सय ५२ जना सङ्क्रमितको आइसियुमा उपचार भइरहेको छ भने, ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ९२ जनाको पीसीआर र ७ सय ८६ जनाको एन्टीजीन गरी कुल १० हजार ७८ स्वाब नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार एक सातामै २ सय ४१ प्रतिशतले सङ्क्रमण बढेको छ ।



नयाँ