- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि राष्ट्रिय सहकारी महासंघले सहकारीकर्मीलाई बाहिर नसिस्कन अपिल गरेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र जनचेतना अभिवृद्धि गर्न अपिल गरेको छ ।
महासंघका अध्यक्ष मिनराज कँडेलद्वारा जारी अपिलमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालनाका साथै भौतिक दुरी कायम गरेर वस्तु तथा सेवा प्रवाह गर्नुपर्ने बताइएको छ । सहकारी संघ सस्थालाई विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न स्यानीटाइजर, मास्क, पञ्जाको प्रयोग गर्न अपिल गरिएको छ ।
सीमित जनशक्तिबाट आलोपालो कार्यालय सञ्चालन हुनेगरी सेवाप्रवाहमा निरन्तरता दिन भनिएको छ । संघसंस्थाको बैठक, अन्तरक्रिया, गोष्ठी, तालिम लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न अपिल गरिएको छ ।
साथै स्थानीय तहसँग समन्वय गरी सहकारी कार्यालय वरपर क्षेत्रको व्यवस्थापनका लागि सहजीकरण गर्न महासंघले अपिल गरेको छ । महामारी सक्रमणको शंका लागेमा परीक्षण, सक्रमितलाई आइसोलेसन र कन्ट्रयाक टेसिङमा परेकालाई परीक्षणका लागि आवश्यक समन्वय गर्न सहकारीकर्मीलाई महासंघले अपिल गरेको हो । समुदायप्रति चासो मनन गर्दै देशभरी छरिएर रहेका सहकारीले सुरक्षित भएर कोभिड नियन्त्रण गर्न संवेदनशील भएर लाग्न भनिएको छ ।