arrow

सोमवारको परीक्षा जारी, स्थगित हुने-नहुने आधिकारिक निर्णय बेलुका मात्रै आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
students-education-test-exam.jpg.jpeg

काठमाडौँ । कोभिड-१९ नियन्त्रण तथा रोकथाम केन्द्रले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यद्यपि, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सोमवार हुने सबै परीक्षा सञ्चालक हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताएका छन् ।

वैशाख १९ गते सबै परीक्षा सकिने भएकाले परीक्षा दिएर घर जान सहज हुने भएकाले यसै पक्षमा बिद्यार्थीहरु रहेका छन् । त्रिविले पनि सोमवार बेलुकासम्म परीक्षा जारी राख्ने या स्थगित गर्ने विषयमा निर्णय गरिसक्ने नियन्त्रक जोशीले बताएका छन् ।

अहिले केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठक बस्न लागेको उनले बताए । बैठकले यस विषयमा निर्णय गरेपछि उपकुलपति कार्यालयमा छलफल हुने र अनिमात्रै परीक्षा जारी रहने या स्थगित गर्ने विषयमा निर्णय हुने नियन्त्रक जोशीले बताएका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षा स्थगित गर्ने निर्णय गरेको बताएका छन् । यद्यपि संस्थानहरूले पूर्व मूल्याङ्कन, या भर्चुअल माध्यमबाट परीक्षा सञ्चालन गर्ने सक्ने बताएका छन् ।

केही परीक्षा मात्रै बाँकी रहँदा विद्यार्थी र संस्थानहरू दुवैलाई सहज हुनुहुँदा परीक्षा सक्काउने पक्षमा शैक्षिक संस्थानहरू देखिएका छन् । यसै अनुसार सोमवारको परीक्षा जारी रहेको छ भने, बाँकी आधिकारिक निर्णय सोमवार  साँझसम्म आउने भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ