arrow

'मुख्यमन्त्री ज्यु कोभिड विरुद्धको व्यवस्थापनमा गम्भीर भएर लाग्नुहोस्'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
shankar-giri-1619419811.jpg

नेपालगन्ज । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद शङ्कर गिरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।

गिरीले अहिले सिद्धान्तका दस्ताबेजलाई थन्काएर कोभिड विरुद्धको व्यवस्थापनमा गम्भीर भएर लाग्न मुख्यमन्त्री पोखरेललाई सुझाव दिएका छन् । उनले  सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री पोखरेललाई यस्तो सुझाव दिएका हुन् ।

"छिमेकी मुलुक भारतसँग सीमा जोडिएका यस प्रदेशका ६ जिल्लामा कोभिडको प्रकोपले तवाही मच्चाएको छ । अस्पतालमा अक्सिजनको अभावले डरलाग्दो अवस्थाको सङ्केत गरेको छ । यस तर्फ सरकार बेखवर छ, सुतेको छ ।

 राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने भनेर चर्चाको शिखरमा पुग्न चाहने यस प्रदेशका मुख्यमन्त्री मा. शङ्कर पोखरेल सम्पर्क विहीन अवस्थामा रहेको सञ्चार माध्यमले पुष्टि  गर्दैछ ।

 आजको अवस्थामा जनताको जीवन रक्षा भन्दा अरु कुनै राजनीति हुनु हुँदैन",  उनले लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ