arrow

त्रिविका सबै परीक्षा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
tribhuvan-university.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जारी रहेका सम्पूर्ण परीक्षाहरू कोरोना भाइरसको महामारी कारण स्थगित भएका छन् ।

हाल त्रिवि अन्तर्गत स्नातक र स्नातकोत्तर विभिन्न तहका परीक्षा भइरहेका थिए ।

सोमबार बसेको परीक्षा सञ्चालक समितिको बैठकले अर्को सूचना नआउन्जेल सम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि हिजो मात्र कोभिड१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्र सीसीएमसीले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ