arrow

२४ घण्टामा थपिए झण्डै ३ हजार ५ सय सङ्क्रमित, १ हजार ९ सय काठमाडौं उपत्यकामा

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १३ सोमबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ४२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७८ जना निको भएका छन् । योसँगै २ लाख ७७ हजार ९ सय ५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ भने ५ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य मन्त्रालयले पाएको छ । योसँगै १२ मृतक सङ्ख्या थपिदा हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय ७६ पुगेको छ ।

काठमाडौं जिल्लामा मात्रै १ हजार ५ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या आज थपिएका कुल सङ्क्रमितको झण्डै आधा हो ।

त्यस्तै भक्तपुरमा १ सय ३२ र ललितपुरमा २ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकेमा ३ सय ७ जनमा सङ्क्रमण पुष्टि भएको छ ।

हाल २ सय ६८ जनाको आईसीयु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सयको पीसीआर र ८ सय ९३ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।



नयाँ