arrow

मास्क नलगाउने थाइ प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई जरिवाना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
thai-pm-action.JPG
तस्वीर– थाइ प्रधानमन्त्री ओचा ।

काठमाडौं । नियम भनेको नियम नै हो । नियम लगाएपछि त्यसको पालना सबैले गर्नैपर्छ । त्यस्तै भएको छ थाइल्याण्डमा । सरकारले बनाएको नियम प्रधानमन्त्रीले नै तोडेपछि उनलाई जरिवाना लागेको छ । 

थाइ प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट (१९० अमेरिकी डलर) जरिवाना गरिएको छ ।

थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफ्नै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री प्रयुथ चान ओचाले मास्न नलगाएको भन्दै उक्त रकम बराबरको जरिवाना गरिएको हो ।

बैंककका गभर्नर अश्विन क्वांमुआंगका अनुसार प्रधानमन्त्री बिना मास्क बैठकमा सहभागी भएको भन्दै प्रहरीमा उजुरी परेपछि कारबाही गरिएको हो ।

जबकि तिनै प्रधानमन्त्रीले कोरोना महामारीका बीच मास्क नलगाउने जो कोहीलाई २० हजार भाट जरिवान गर्ने नियम लगाएका थिए । 

थाइल्याण्डमा कोरोनाका कारण हालसम्म ५९ हजार २२५ जना संक्रमित भइसकेका छन् । मंगलबार २ हजार १७९ जना संक्रमित थपिएका छन् । १५ जना मृतक थपिएका छन् । 

हालसम्म १६३ जनाको ज्यान गइसकेको छ । 

थाइल्याण्डमा अझै २५ हजार ९७३ जना सक्रिय संक्रमित छन् । 



नयाँ