arrow

बेहनाको पहलमा १० बेडको कोभिड अस्पताल 

logo
सौरभ गिरी,
प्रकाशित २०७८ वैशाख १५ बुधबार
safiq-behana-nepaljung.jpg

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ ले अक्सिजन सहितको १० बेडको कोभिड अस्पताल  संचालनका लागि निर्माण कार्य अघि बढाएको छ । नेपालगन्जमा कोरोनाका विरामीले अस्पतालमा बेड नपाउने समस्या सिर्जना भएपछि अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन संचालनमा ल्याउन लागेको नेपालगन्जका जनताहरुका ढुकढुकीसमेत रहेका  वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए ।

कोभिड अस्पताल  संचालनका लागि वडा अध्यक्ष बेहना निर्माण कार्यमा आफैं खटिएका छन् । छिटोभन्दा छिटो संचालन गर्नुपर्ने भएकाले निर्माण सामग्री ओसार्न आफैं सक्रियताका साथ लागि परेका छन् । ढिलोमा २–३ दिनमै  कोभिड अस्पताल  संचालनमा ल्याउने अध्यक्ष बेहनाले भने ।

अक्सिजन चाहिने बिरामीलाई यहीँ उपचार गछौँ, आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्र अन्य कोभिड अस्पतालमा रेफर गर्ने ब्यवस्था मिलाउँछौँ,’ अध्यक्ष बेहनाले भने ।

अस्पताल संचालनका लागि मेडिकल अफिसर, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी भर्ना गर्न र आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढिसकेको वडाध्यक्ष बेहनाले बताए ।

 कोरोना संक्रमण र विरामीले उपचार नपाएको अवस्थालाई मध्यनजर गरि फास्ट ट्रयाकबाट काम अगाडि बढाएका छौँ,’ वडा अध्यक्ष बेहनाले बताए ।

 त्यस्तै कार्यपालिका सदस्य ईन्दिरा शाहीले  सबै प्रक्रिया पुर्याएर कोभिड अस्पताल  सन्चालन गर्न लागेको बताइन् । अध्यक्ष बेहनाले भेरी अस्पतालका बिरामीलाई चाहिने अक्सिजन खरिदका लागि दुई लाख रुपैयाँ प्रदान गरिसकेका छन् । उनले बिरामीका लागि तातो पानीको ब्यवस्थासमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ