arrow

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
city-express-beema.jpg

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको गराएको बीमा भुक्तानी रकम हस्तान्तरण गरेको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितितमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बीमा गराएको थियो । 

जस अनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको  दाबी भुक्तानी रकम जनही रु ५० हजार सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ । 

साई बाबा रेमिट चाबहिलका हरिकुमार श्रेष्ठ, अन्लाईन सब् रेमिट काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर सुनसरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेटवर्क परासीका शेरबहादुर गुरुङ र हीरा इन्टरप्राइजेज नवलपुरका कृष्ण गिरी गरी ८ जनालाई चेक हस्तान्तरण गरिएको सिटी एक्सप्रेसले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
 
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेसले जानकारी दिएको छ । 
 



नयाँ