- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेङ्लुरु। टाटा कन्सल्टेन्सी सर्भिसको मार्चको चौथो क्वाटरमा १४ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीका बीच पनि क्लाउड सर्भिसको माग बढ्दै गएपछि भारतको शीर्ष आइटी सर्भिस कम्पनी नाफामा गएको हो।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ९ हजार २४६ करोड अर्थात् १.२३ बिलियन अमेरिकी डलर पुगेको छ। गत वर्षको यही अवधिमा कम्पनीको नाफा ८ हजार ४९ करोड रुपैयाँ रहेको थियो।
राजस्व सङ्कलन ९.४ प्रतिशतले वृद्धि भएर ४३ हजार ७०५ करोड पुगेको भारतीय सञ्चार माध्यम हरूले जनाएका छन्। टाटा कन्सल्टेन्सी सर्भिसका अनुसार चौथो क्वाटरमा १९ हजार ३८८ कर्मचारी थप गरेकोसमेत जनाएको छ।
एकै पटक थप गरिएको कर्मचारीको यो सङ्ख्या अहिलेसम्मकै उच्च भएको जनाइएको छ। कम्पनीमा कार्यरत जम्मा कर्मचारीको सङ्ख्या चार लाख ८८ हजार ६४९ रहेको छ। यस वर्ष मात्रै ४० हजारभन्दा बढी कर्मचारी थप गरिएका थिए।
विश्वभरका १५४ मुलुकमा प्रतिनिधिहरू कम्पनीमा कार्यरत छन्। जसमा ३६.५ प्रतिशत महिला सहभागिता रहेकोसमेत कम्पनीले जनाएको छ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै कर्मचारीको स्वास्थ्यमा ध्यान दिनु पहिलो प्राथमिकता भएको जनाइएको छ। कम्पनीले भनेको छ, "कम्पनीका सबै कर्मचारीहरूलाई खोप लगाउने विषयमा हामीले सोचिरहेका छौँ।"