arrow

बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु

logo
सौरभ गिरी,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज ४ का ६० वर्षीय पुरुष, नेपालगन्ज ५ का ५५ वर्षीय पुरुष, नेपालगन्ज ९ का ४२ वर्षीय पुरुष र बढैयाताल ८ का ३२ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर ११ की ४३ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । 

योसंगै कोरोनाबाट बाँकेका १०६ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १०९ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ