arrow

पहिलोपटक चन्द्रमामा अवतरित अपोलो ११ मिसनका अन्तरिक्ष यात्रीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
Apollo-moon-armstrong.jpg
निल आर्मस्ट्रङ (बाँया), माइकल कोलिन्स (बिच) र बज अल्ड्रिन ।

काठमाडौं । चन्द्रमामा पहिलो अवतरित अपोलो ११ मिसनका अन्तरिक्ष यात्री माइकल कोलिन्सको निधन भएको छ । बुधवार ९० वर्षको उमेरमा  कोलिन्सको निधन भएको उनको परिवारले पुष्टि गरेको हो ।

अपोलो ११ मिसनमा तीन अन्तरिक्ष यात्री थिए । जसमध्ये निल आर्मस्ट्रङ र बज अल्ड्रिनले चन्द्र धरातलमा पाइला टेकेका थिए भने, माइकल कोलिन्स कमाण्ड मोड्युल पाइलट थिए । कोलिन्स चन्द्रमाको कक्षमै रहेका थिए ।

क्यान्सरसँग जुध्दाजुध्दै कोलिन्सको निधन भएको उनको परिवारले जनाएको छ । जीवनका अन्तिम दिनहरू भने कोलिन्सले शान्तिपूर्वक परिवारसँग बिताएका थिए ।

अपोलो ११ मिशनका ९१ वर्षका एल्ड्रिन मात्रै अब जीवित छन् । उनले पनि आफ्ना साथी कोलिन्सलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि सन् २०१२ मा निल आर्मस्ट्रङको निधन भइसकेको छ ।



लोकप्रिय समाचार
नयाँ