arrow

नेपालकै सबैभन्दा धेरै रेन्ज भएका सिजी एयर कुलरहरू नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
cg-ari-cooler.jpg

काठमाडौँ। इलेकट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठुलो ब्रान्ड सिजीले यो गर्मी यामलाई मध्य नजर गरेर विभिन्न किसिम र प्रकारका आकर्षक एयर कुलरहरू बजारमा उपलब्ध गराएको छ। 

बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सिजीले चार प्रकारमा विभिन्न साइजमा एयर कुलरहरू ल्याएको छ। जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन्। यी कुलरहरूलाई अझै सहज रूपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको छ।

४० वर्ष भन्दा लामो अनुभव बोकेको नेपालकै पहिलो र एक मात्र आईएसओद्वारा मान्यता प्राप्त सिजीले यी कुलरहरू विशेष र आकर्षक विशेषताहरूका साथ बजारमा ल्याएको छ।

यी कुलरहरूमा रहेको कन्सिल कपर मोटरले मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जस कारण पानीको चुहावट भएमा पनि केही हानी गर्दैन। अब यी कुलरहरू तपाईँले बत्ती नभएको बेलामा पनि इन्भर्टरको सहायताले सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ।

त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामिन सी फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरू रहेका छन्। यसमा पावर फुल मोटरको प्रयोग गरिएको छ, जसले गर्दा कुलरले मज्जाले काम गर्दछ।

यी एयर कुलरहरूले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँदछ। त्यस्तै यसमा अरू पनि धेरै भन्दा धेरै विशेषताहरू रहेका कारण सीजीका यी कुलरहरूको पहिचान नै बेग्लै रहेको छ।

सिजीले यी कुलरहरूमा १२ महिनाको वारेन्टी दिएको छ। ४३ वटा भन्दा बढी सिजीका आफ्नै सर्भिस सेन्टरहरू भएका हुनाले तपाईँको कुलर बिग्रिएमा पनि टेन्सन छैन। किनकि अब यी सर्भिस सेन्टरहरू मार्फत सजिलै सरल रूपमा मर्मत गरिदिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ