arrow

गर्मी मौसमका लागि टिसियलले ल्यायो वाईफाईबाट चल्ने एयर कन्डिशनर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
tcl-ac.jpg

काठमाडौँ। इलेकट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिने टिसियलले यस गर्मी मौसमका लागि वाईफाईबाट चल्ने एयर कन्डिशनर लिएर आएको छ।

आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टिसियलका एयर कन्डिशनर हरु अरू एयर कन्डिशनरको तुलनामा वातावरणमैत्री भएको कम्पनीले जनाएको छ।

वाईफाई मार्फत चल्ने टिसियल इन्भर्टर एयर कन्डिशनरमा २४–घण्टाको टाइमर, अटो रिस्टार्ट, ईन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशन, अटो प्रोटेक्शन जस्ता विशेषताहरू रहेका छन्।

त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिशनर हरूमा खिया लाग्ने समस्या नरहेको पनि बताइएको छ। कम्प्रेसरमा ५ वर्षको वारेन्टी हुने टिसियलका एयर कन्डिशनर हरुलाई बजारमा उत्कृष्ट गुणस्तर रहेको कम्पनीको दाबी छ।

हालको समयमा वाईफाईको प्रयोगबाटै सबै काम सहज बन्दै गएकाले टिसियलका वाईफाईबाट चल्ने एयर कन्डिशनरले ग्राहकहरूलाई नयाँ अनुभूति दिलाउने पनि बताइएको छ।

यस एयर कन्डिशनरलाई स्मार्ट टिभी, मोबाइल, जुनसुकै वाईफाईबाट, जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिन्छ। यस टिसियल ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेकट्रोनिक्स ईओएल प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ