arrow

मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाए पनि गण्डकी प्रदेश सरकारको टरेन सङ्कट

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
Deepak-Manange.jpeg

नवलपुर । गण्डकी प्रदेश सभामा सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा मतदान हुने भनिएको दिन मोबाइल अफ गरेर बसेका प्रदेश सांसद राजीव गुरुङ 'दीपक मनाङे'ले अनन्त मन्त्री पद उपहार पाएका छन् ।

बिहीबार गण्डकी प्रदेशका मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गुरुङलाई मन्त्री पदको शपथ गराएका हुन । मन्त्री बनेका गुरुङलाई मन्त्री बनाउनकै लागि सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ बनाइएको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रदेश सरकार विरुद्ध आएको अविश्वासको प्रस्तावबाट बच्नका लागि गुरुङलाई मन्त्री बनाइएको भए पनि गण्डकी प्रदेशमा सत्ता सङ्कट भने टरेको छैन । ६० सदस्यीय रहेको प्रदेश सभामा सत्तारुढ नेकपा एमालेको गुरुङ समेत जोड्दा २८ सदस्य पुग्ने देखिन्छ भने काङ्ग्रेस माओवादी जसपा र जनमोर्चाका समेत जोड्दा प्रस्ताव पास हुन चाहिने ३१ जना प्रदेश सभा सदस्य पुग्ने देखिन्छ ।

बुधवार राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही एकाएक गायब भएर अस्पताल पुगे पछि सरकार विरुद्धको प्रस्ताव पास नहुने अडकल बाजि सुरु भएता पनि बिहीबार शाहीले आफू अस्पतालमा रहेको र पार्टीको निर्णय मान्दै प्रस्तावको पक्षमा रहने विज्ञप्ति निकाले पछि अब बस्ने प्रदेश सभा बैठकमा फेरि कुनै अनौठो नभए सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पास हुने पक्की पक्की छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ