arrow

जसले कोरोनालाई जित्यो उसलाई एक डोज खोप नै काफी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
corona-vaccine-inida-women.jpg

काठमाडौं । कोरोना भाइरस लागेर निको भएकाहरुलाई एक डोज खोप लगाए पनि पुग्ने भएको छ । पश्चिमी देशहरुले गरेको अध्ययनपछिको दाबीअनुसार एक पटक कोरोनालाई हराएकालाई एक डोज कोरोना विरुद्धको खोप नै काफी हुने भएको हो ।

यो निकै ठूलो अनुसन्धान हो । र यसले ठूलो अर्थ पनि राख्छ । किन भने यसले गर्दा कयौं देशको भ्याक्सिन नीति बदलिन सक्छ । अहिले खोप नपाएर हैरान भएका बेलामा ठूलो राहतसमेत दिने गर्दछ । 

कोरोनाको दोस्रो लहरसँग जुधिरहेका देशहरुका लागि यो अनुसन्धान वरदान सावित भएको छ ।  

अमेरिका, जर्मनी, इटाली र इजरेलमा भएको अनुसन्धानमा यसको संकेत मिलेको हो । 



नयाँ