arrow

डा.बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया सफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
baburam-1619759606.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सफल भएको छ ।

भट्टराई पत्नी हिसिला यमीले सामाजिक संजालमार्फत भट्टराइको शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् ।काठमाडौंस्थित वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो ।

भट्टराईलाइ अपरेशनका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको थियो । अपरेशन सफल भएपछि हिसिला यमी र छोरी मानुषीले तस्विर सार्वजनिक गर्दै शल्यक्रिया सम्पन्न भएको उल्लेख गरेका छन् ।

शल्यक्रियाका लागि विहीबार नै भर्ना भएका डा.भट्टराई यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ