arrow

२२ जिल्ला कोरोना संक्रमणबाट अतिप्रभावित, अस्पतालमा शैया अभाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
health-ministry.jpeg

काठमाडौं । कोरोना भाइरसको संक्रमण डरलाग्दो किसिमले बढ्दै गएको भन्दै अत्याधिक संवेदनसिल हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, कैलाली, कञ्चनपुरलगायतका २२ जिल्ललाई अति प्रभावित जिल्लाका रुपमा राखिएको छ ।

यी जिल्लामा संक्रमण डरलाग्दो किसिमले बढिरहेको र स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था सिर्जना भएको मन्त्रालयले जनाएको हो । यस्तो अवस्था पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित रहन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले भनेको छ । 
No description available.

 



नयाँ