arrow

पोखरामा ह्वात्तै बढे कोरोना सङ्क्रमित, शुक्रवारमात्रै १ सय ६३ जना थपिए

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
Gandaki-corona-province.jpg

पोखरा। पोखरामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । आज मात्रै १ सय ६३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसंगै गण्डकीमा आज २७४ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको अन्तिम तथ्याङ्क अनुसार २ सय ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन । संक्रमितमध्ये क्षयरोग उपचार केन्द्र पोखरामा १ सय ६१ जना, लाइफ केयर एण्ड डायग्नोस्टिकमा ९६ जना, नवलपुर मध्यविन्दु जिल्ला अस्पतालमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।

गण्डकी प्रदेश अन्तर्गत कास्कीका १६३ जना, गोर्खाका ४३ जना, बागलुङका २३ जना, म्याग्दीका नौ, स्याङजाका नौ, तनहूँका सात जना, पर्वतका दुई जना, लम्जुङका एक जना र नवलपरासी पूर्वका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ । योसँगै गण्डकी प्रदेशमा कूल कोरोना सङ्क्रमित १८ हजार ६ सय ४५ जना पुगेको छ ।

साथै गण्डकी प्रदेशमा आज थप तीन जनाको कोरोना सङ्क्रमितको निधन भएको छ । मुस्ताङ जिल्ला, घरपजोङ गाउपालिका ४ की ७२ बर्षीय कोरोना सङ्क्रमित महिलाको बिहीबार साँझ मुस्ताङ जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइन्छ । उनलाई बिहीबार बिहान नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा ६ का ८२ वर्षकी महिला र स्याङ्जा अर्जुनचौपारीका ६२ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २२४ जना पुगेको छ । जसमध्ये कास्कीका मात्रै १२३ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ