arrow

बाँकेमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
corona-lumbini-province.jpg

नेपालगन्ज । बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर १७ का ४५ बर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएपनि उनको सोही दिन साँझ ७ बजे पिसीआर पोजेटिभ आएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै सोही दिन राती साढे ९ बजे  नेपालगन्ज ६ की ४७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कृष्णनगर ५ कपिलवस्तुका ५१ बर्षीय पुरुषको उपचारका क्रममा गएराती १० बजे र सोही अस्पतालमै कोहलपुर ११ का ३५ बर्षीय पुरुषको गएराती साढे १२ बजे  मृत्यु भएको ओलीले बताए।

यता नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० की ५५ बर्षीया महिलाको शनिबार बिहान ४ बजे मृत्यु भएको छ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दंगीशरण गाउँपालिका १ दाङका ६० बर्षीय पुरुषको मृत्यु भएको हो।

उनको शनिबार  बिहानै ४ बजे मृत्यु भएको थियो।यो सँगै हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको  संख्या ११८ बाहिरी जिल्लाको ११७ पुगेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ