- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरुको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने बताएका छन् ।
शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ ।’ आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने ओलीको भनाइ थियो ।
प्रतिघण्टा पारिश्रमिक ६९ रुपैयाँबाट अब ७७ हुने उल्लेख गर्दै उनले श्रमिक क्षेत्रमा औपचारिक की अनौपचारिक भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरिएको समेत दाबी गरे ।
हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ ।