arrow

स्विस महामारी विज्ञको चिन्ता: दुई हप्ता अघि भारत जहाँ थियो नेपाल त्यही आइपुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
Marcel Salathé.jpg

काठमाडौं । स्विस महामारीविज्ञ मार्सेल सलाथाले कोभिड–१९ को महामारीको संकटमा नेपाल पनि डोरिएको चिन्ता व्यक्त गरेका छन् । उनले ट्विटरमा तथ्यांकसहितको ग्राफ सेयर गर्दै भारतकै बाटोमा नेपाल रहेको जनाएका हुन् ।

डिजिटल एपिडेमिलोजिस्टका रुपमा चिनिने सहप्राध्यापकसमेत रहेका सलाथाले कोभिड–१९ को संक्रमण बढिरहेको तथ्यांक सेयर गर्दै नेपाल भारतको बाटोमा रहेको उनको संकेत छ ।

उनले भारत र नेपालमा बढीरहेको कोभिड–१९ संक्रमणको तुलना गर्दै नेपाल भारतकै बाटोमा रहेको बताएका हुन् । आवरवल्र्ड इन डेटाको तथ्यांकअनुसार अप्रिल ३० मा नेपालमा प्रति १० लाखमा १४० जनामा संक्रमण देखिएको छ ।

दुई साताअघि अप्रिल १६ मा भारतमा प्रति १० लाखमा १३६ जना संक्रमित भेटिएका थिए । अर्थात भारतमा दुई साताअघि जति संक्रमित भेटिइरहेका थिए त्यति नेपालमा भेटिइसकेका छन् । यसबाट नेपाल भारतकै बाटोमा रहेको स्पष्ट देखिएको छ ।

अप्रिल ३० मा भारतमा प्रति १० लाखमा २६४ जनामा संक्रमण देखिएको छ । नेपालमा पनि यसरी नै संक्रमण बढ्दै जाने हो भने भारतकै अवस्था आउन सक्ने विज्ञहरुको चिन्ता छ ।



नयाँ