arrow

२४ घण्टामा थपिए साढे ५ हजार भन्दा बढी सङ्क्रमित, १९ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
icu-hospital.jpg
तस्बिर : फाइल

काठमाडौँ। पछिल्लो२४ घण्टमा देशभर ५ हजार ७ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै कुल सङ्क्रमित सङ्ख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३ हजार २ सय १३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ८७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ८२ हजार ३ सय ८२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १९ जनाको कोभिड१९ का कारण ज्यान गएको छ। योसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार २ सय ९८ पुगेको छ।

काठमाडौँ जिल्ला मात्रै १ हजार ९ सय ३२ जनमा सङ्क्रमण पुष्टि भएको छ। भक्तपुरमा २ सय ८ जनामा  सङ्क्रमण पुष्टि भएको छ भने, ललितपुरमा ३ सय ५५जनामा सङ्क्रमण पुष्टि भएको छ।

हाल ४ सय १ जनाको आइसियुमा उपचार भइरहेको छ भने १ सय १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



नयाँ