arrow

२४ घण्टामा थपिए ७ हजार २ सय ११ सङ्क्रमित, २७ को मृत्यु

उपत्यकामा ३ हजार ५ सय ९५ सङ्क्रमित

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १९ आइतबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन दुवै परीक्षणबाट थप ७ हजार १ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित सङ्ख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४८ हजार ७ सय ११ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ जनाको कोभिड१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै कुल मृतक सङ्ख्या ३ हजार ३ सय २५ पुगेको छ ।  

काठमाडौंमा मात्रै २ हजार ७ सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

हाल ४ सय ७७ जनाको आइसियुमा उपचार भइरहेको छ भने १ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ