arrow

कोरोना संक्रमणबाट पोखरामा आइतवारमात्रै पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
Gandaki-corona-province.jpg

पोखरा । कोरोना संक्रमणबाट पोखराका पाँच जनासहित गण्डकी प्रदेशका थप आठ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतवार दिएको जानकारी अनुसार आइतवार चार जना पुरुष र चार जना महिलाको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा पोखरा महानगरपालिका वडा नं. १६ का मात्रै दुई जना छन् । जसमा ७७ वर्षका पुरुष, ७३ वर्षकी महिला रहेका छन् । 

यसैगरी पोखरा २६ की ५८ वर्षकी महिला, पोखरा १७ की महिला, पोखरा १९ का ४८ वर्षका पुरुष र पोखरा १० की एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

यस्तै, पर्वत कुश्माकी ७६ वर्षकी महिला, दाङका ४६ वर्षका पुरुष, वुटवलका ७५ वर्षका पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको बताइन्छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३१ जना पुगेको छ । जसमध्ये पोखराका मात्रै १२८ जना रहेका छन् । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ