arrow

पर्यटन मन्त्री दम्पतीलाई कोरोना सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
bhanubhakta-dhakal-minister.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फुयाँललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्री ढकालले आफू र पत्नीलाई सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । उनले आफू र पत्नी घरमा नै आइसेलेसनमा बसेको र आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन आग्रहसमेत गरेका छन् । 

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ सङ्क्रमण भएको नतिजा प्राप्त भएको छ, हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौं,’ यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौं धन्यवाद ।’ भन्दै ट्विट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ