arrow

पोखरामा आजै ३ सय १४ जना कोरोना संक्रमित भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
covid-test-positive-corona_1618150029.jpg

पोखरा । गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीको पोखरामा आज आइतबार एकै दिन ३१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  पोखरामा पहिलो पटक यतिधेरै संक्रमित फेला परेको हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पोखराको वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी वडा नं. २१ मा १६ जना महिला र सात पुरुषसहित २३ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  

योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८५ सय ८८ जना निको भएका छन् । यस्तै, पोखरासहित आज गण्डकीमा ५७६ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १२९ जनाको मृत्यु भएको छ । कास्कीमा सक्रिय संक्रमितको संख्या १२ सय १५ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ