arrow

केन्ट आल्प्स प्लस यूभी एयर प्युरिफायर नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
kent.JPG

काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट आल्प्स प्लस युभी एयर प्युरिफायर बजारमा ल्याएको छ । 

यो नयाँ एयर प्युरिफायरको मूल्य ४९ हजार ९९० रुपैयाँ रहेको सीजीले बताएको छ । नेपाल भरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध रहेकोसमेत जनाइएको छ ।

सबै नयाँ यूभी कीटाणुनाशक सुविधाको साथ प्युरिफायरले हावाबाट खतरनाक कणहरू हटाउनको लागि हेपा टेक्नोलोजी पनि प्रयोग गर्ने दाबी सीजीको छ । 

हेपा फिल्टरसँग पीएम २.५ सुक्ष्म कणहरु (९९.९९ प्रतिशतसम्म निकाल्छ), परागकण, एलर्जेन्स, सतह पालन गर्ने मोल्ड, फाइन डस्ट र धेरै समय हावामै बसिरहने गन्धहरूजस्ता चुरोटको धुँवा, नराम्रा गन्ध वा पाल्तु जनावरको गन्ध र इनडोर कार्सिनोजेन कणहरू समात्ने पनि क्षमता हुन्छ ।

यूभी कीटाणुशोधनसँग केन्ट आल्प्स प्लस एयर प्युरिफायर एक उच्च सीएडीआर र ४०० मि.३ प्रतिघण्टाको उच्च क्षमतासँग आउँदछ । जुन ४३० स्क्वायर वर्ग फिटको क्षेत्रफलको लागि आदर्श मानिन्छ । 

केही अन्य सुविधाहरूमा इन्टेलिजेंन्ट एयर क्वालिटी निगरानी, र फिल्टर प्रतिस्थापन सूचकहरू, चाङल्ड लक र कम आवाज अपरेशनहरू सामेल रहेको समेत सीजीले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

सीजीले भनेको छ, ‘केन्ट आल्प्सले शुद्धिकरण प्रणालीको संयोजनका साथै फिल्टरहरूको सेट प्रयोग गर्दछ । तीन चरण निस्पंदन प्रक्रिया तपाईंलाई वायु शुद्धिकरणको उत्कृष्ट स्तर दिन्छ । केन्ट एयर प्युरिफायरले परीक्षण गरिएको र विश्वासिलोे अद्वितीय डिजाइन गरिएको प्राथमिक फिल्टर प्रयोग गर्दछ ।’

यसबारेमा अगाडि भनिएको छ, ‘डिफेन्सको पहिलो लाइनले ठूलो र दृश्य प्रदूषकहरू हटाउँछ जस्तै ठूलो कण धुलो, कोबवेब, मलबे, मानव र घरपालुवा जनावरको कपाल; त्यसपछि सक्रिय कार्बन फिल्टरले धुवाँसहित सबै गन्ध हटाउँदछ ।’

यसको महत्वबारे थप भनिएको छ, ‘उच्च जापानी प्रविधिसँग विकसित हेपा टेक्नोलोजीले क्यासिनोजेनिक कणहरू जस्तै ब्याक्टेरिया, परागकण, एलर्जन, मोल्ड, डस्ट आदि समात्दछ र पासोमा पार्दछ र स्वछ हावा प्रदान गर्दछ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ