arrow

सेती प्रादेशिक अस्पतालमा थप चार जनाको कोरोनाबाट मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
corona-killed-final.jpg

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा  लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा  –१० की ३५ वर्षीया महिला  छन् । 

ती पुरुषको सोमबार बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए । 

सेतीमै उपचाररत  कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ