- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज ५ का ४८ वर्षीय पुरुष रहेका छन् । उनको राति नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ९ बजेर १० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुर १५ का ६० वर्षीय पुरुषको सोमबार बिहान १ बजे मृत्यु भएको छ।
बैजनाथ गाउँपालिका ८ की ६० बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सोमबार बिहान १ बजेर २० मिनेटमा मृत्यु भएको फोकल पर्सन ओलीले बताए।
यता भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज ३ का ५१ वर्षीय पुरुषको सोमबार बिहान साढे ३ बजे मृत्यु भएको छ भने भेरी अस्पतालमै बिहान ४ बजे नेपालगन्ज १ का ६६ बर्षीय पुरुषको मृत्यु भएको ओलीले जानकारी दिएका छन् ।
भेरी अस्पतालमै बढैयाताल ८ बर्दियाका ४७ बर्षीय पुरुषको सोमबार बिहान साढे ६ बजे कोरोना संक्रमण बाट मृत्यु भएको छ। त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा खजुरा २ का ३२ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।
उनको बिहान साढे ८ बजे मृत्यु भएको हो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३५ पुगेको छ।