arrow

निजी मेडिकल कलेज र निजी अस्पताललाई कोरोना अस्पताल बनाऔं : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
gagan-thapa_(2)1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्न सुझाव दिएका छन् ।

थापाले सोमबार विहान सामाजिक संजालमार्फत कोरोनाको तीव्र सङ्क्रमणसँगै बिरामीले अस्पतालमा सामान्य शैया समेत पाउन मुस्किल भइसकेकाले निजी मेडिकल कलेज र निजी अस्पतालसँग सम्झौता गरी कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न विलम्ब नगर्न सुझाएका हुन् ।

उनले लेखेका छन्,‘कोरोनाको तीव्र सङ्क्रमणसँगै बिरामीले अस्पतालमा सामान्य शैया समेत पाउन मुस्किल भइसकेको छ। तत्कालै निजी मेडिकल कलेज र निजी अस्पताल सँग सम्झौता गरी यी अस्पताललाई कम्तीमा ३ देखि ६ महिना डेडिकेटेड कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न विलम्ब नगरौं ।’



नयाँ