arrow

कोरोना संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने 

logo
निरंजनकुमार साह,
प्रकाशित २०७८ वैशाख २० सोमबार
province2-cabinet.jpg

जनकपुरधाम । कोभिड १९  महामारीको दोश्रो लहर भयावह रुप लिँदै गएको अवस्थामा कोभिड नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए त्यस्ता संक्रमित जनशक्तिको सम्पूर्ण उपचार खर्च प्रदेश २ सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको सम्पन्न बैठकले सो निर्णय गरेका छन् । बैठकले भविष्यमा बढ्नन सक्ने संक्रमितहरुको चापलाई ध्यानमा राख्दै प्रदेश भित्रका अन्य निजी अस्पतालहरुलाई नेपाल सरकारको मापदण्ड बमोजिम सम्झौता गरी संचालनमा ल्याउन समाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णयसमेत गरे ।

त्यसैगरी बैठकले प्रदेश भित्र संचालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालहरुको प्रयोगशालामा गरिने पीसीआर टेष्ट गर्न लगाउने निर्णयसमेत गरेका हुन् ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको पीसीसीएमसीको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव लगायतका प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख एवं स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ