arrow

सुबिसुका अध्यक्ष पराजुलीले गरे आईसीटी अवार्डबाट जितेका नगद दान 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख २० सोमबार
ict-1620026191.jpg
तस्बिर : सुधीर पराजुलीको फेसबुकबाट

काठमाडौँ। यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्ड जितेका सुधीर पराजुलीले आफूले पुरस्कार स्वरूप पाएको नगद दान गरेका छन्। आइतबार (हिजो)  चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सुबिसु तथा इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (स्पान)का अध्यक्ष समेत रहेका पराजुलीले एक लाख नगदसहित प्रमाणपत्र पाएका हुन्। सञ्चार तथा सूचना प्रधानमन्त्री पार्वत गुरुङले पराजुलीलाई सम्मान स्वरूप अवार्ड प्रदान गरेका हुन्।

सुबिसुका अध्यक्ष पराजुलीले उक्त रकम कोरोना भाइरसको महामारीका बेला सङ्क्रमितको उपचारका लागि दान गरेका हुन्। उनले फेसबुक पोस्ट मार्फत उक्त रकम नेपाल भेन्टिलेटर बैङ्कलाई प्रदान गरेका हुन्।

कोभिड१९को सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरूको उपचारका लागि भेन्टिलेटर अत्यावश्यक छ। नेपाल भेन्टिलेटर थोरै मात्र उपलब्ध छन्। यस्तोमा अध्यक्ष पराजुलीले भेन्टिलेटर बैङ्कलाई सहयोग प्रदान गरेका हुन्।

त्यस्तै नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमन (महिला) काठमाडौँ २ की कुसुम लामालाई प्रदान गरिएको छ। लामालाई पनि १ लाख नगद र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको हो।

नेसनल आईसीटी अवार्ड  प्राइभेट सेक्टरको अवार्ड हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्रालीले पाएको छ। नेपालको प्रविधि क्षेत्रमा योगदान दिएकोमा हुवावे टेक्नोलोजी नेपाल प्रालीले पुरस्कार पाइएको हो।

त्यस्तै नेसनल आईसीटी अवार्ड पब्लिक सेक्टर महालेखा नियन्त्रक कार्यालयले पाएको छ। प्रविधि क्षेत्रको अधिकतम प्रयोग गरेको पब्लिक क्षेत्रका रूपमा महालेखा नियन्त्रक कार्यालयले पुरस्कार पाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ