arrow

कोरोनाबाट मृत्यु भएका वृद्धको मलामी गएका ३१ जनामा संक्रमण, गाउँमा त्रास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
chita.jpg

महोत्तरी । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । 

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको संक्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ । मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ