arrow

भारतमा थप १० जना नेपालीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
dead2.jpg

लण्डन । यो साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ। हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको हो । गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिको शनिवार साँझ सम्म तयार पारेको तथ्याङ्क अनुसार भारत सहित विश्वभर २१मुलुकमा रहेका ३सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । 

गैर आवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् । 

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । 

यसैबिच नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४ दशमलव ५ प्रतिशत अर्थात् २ लाख ८३ ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतबार साँझसम्म ३हजार ३ सय २५ जनाको निधन भएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ