arrow

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
kp-oli111-1619858602.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(सोमबार) दिउँसो ३ः३० बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक विषय र  कोभिड–९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएको पनि थापाले जानकारी दिए । प्रधानमन्त्रीले आज नै मन्त्रिपरिषदको बैठक पनि बोलाएको बुझिएको । साँझ ४ बजे मन्त्रिपरिषद बैठक बस्ने तयारी छ ।

यसअघि आइतबार बोलाएको बैठकले संसद् अधिवेशन आह्वान गर्ने र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णय भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ